गगन थापा र बालेन्द्र शाहबीच भेटवार्ता
२०७९ साउन १९ गते

काठमाडाैँ । काठमाडाैँ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गगनकुमार थापा र काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र बाहबीच भेटवार्ता भएकाे छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले प्रमुख शाहलाई बुधबार भेटेका हुन् । भेटपछि थापाले लेखेका छन्, ‘काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ ।’
त्यसअघि उनले लेखेका छन्, ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो ।’
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








