मतदाता नामावली संकलन शुक्रबारबाट स्थगित
२०७९ साउन १९ गते

काठमाडाैँ । मतदाता नामावली संकलन शुक्रबार भाेलिदेखि स्थगित हुने भएकाे छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने निर्वाचन आयाेगले जनाएकाे छ । मकालुखबरसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन जारी राखेकाे थियाे ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने अभ्यास छ ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








