विष्णु पाैडेल भन्छन्- पदकै लागि शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरियाे (भिडिओसहित)
२०७९ साउन १९ गते

काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदकै लागि शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको टिप्पणी गरेका छन् । जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्,’पदबाहेक अन्य कुनै कारणहरू छैन किन यस्ताे शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गर्नुमा ।पदकै लागि विभाजन गरियाे ।’
उनले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा देखिन लागेकाे बताए । याे प्रवृत्ति नत्यागीकन कम्युनिष्ट आन्दाेलनमा केही नहुने उनकाे तर्क थियाे ।
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








