झरीमा रुझ्दै प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित (तस्बिरहरू)

काठमाडाैँ । यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका नवलपरासी सुस्ताका मिटरब्याजी पीडितहरू पुनः काठमाडौँ आइपुगेका छन् । उनीहरू ३ दिनयता काठमाडाैँकाे माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।
सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै उनीहरू पुन: धर्नामा आएका हुन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समितिको अगुवाइमा भएकाे धर्नाका सहभागीहरूले झरी घाम नभनी भूमिहीन बनाइएका किसान-मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, बढी लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राख्दै आएका छन् ।
नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि आफूहरूको समस्या समाधान हुन नसकेको बताए । जमिनको फुकुवा गरेर तमसुक नदिएका कारण नै दोस्रो पटक धर्ना बस्नुपरेको उनकाे भनाइ छ ।
आज माइतीघरमा पानी पर्दा पनि पीडितहरू ‘म्याट्रेस’ छाता, प्लास्टिक ओढेर झरीबाट बच्न खोज्दै उनीहरू धर्नामा बसिरहे । हेराैँ केही तस्बिरहरू ।










