कलेजमै टिकटक प्रतियाेगिता !

टिकटक प्राेत्साहनमा कलेजकै अग्रसरता किन ?

काठमाडाैँ । छिमेकी मुलुक भारतसँगै शक्ति राष्ट्र अमेरिकालगायत अन्य थुप्रै देशमा टिकटक प्रतिबन्ध छ । उता अष्ट्रेलियालगायतका देशमा पनि टिकटक प्रतिबन्ध लगाउनुपर्ने माग तारान्तार उठिरहेकाे छ । उसाे त नेपालमा पनि कहिलेकाहीँ यस्ताे मा गाइँगुइँ सुनिन्छ । तर यसैबेला सङ्घीय राजधानी काठमाडाैँकाे एक विद्यालयले भने ‘टिकटक प्रतियाेगिता’कै आयाेजना गर्दैछ ।

कलेज प्रशासनकाे तर्क छ— टिकटक आफैँमा खराब हाेइन, प्रयाेगकर्ताहरूले जान्नुपर्छ ।

हुन पनि सही सदुपयाेग गर्नेहरूका लागि यसकाे प्रभावकारिता कमचाहिँ छैन । टिकटकबाटै लाेकसेवा आयाेगका कक्षा लिने/पढ्नेदेखि विभिन्न क्षेत्रका ‘टेकनिक्स’ सिक्नेसम्मका लागि याे राम्रै ‘प्लेटफर्म’  बनेकाे छ । अझ नेपालकै परिप्रेक्ष्यमा हेर्ने हाे भने त याे कतिपयकाे करिअरसँग पनि जाेडिएकाे छ । टिकटककै सहायताबाट कतिपयले लाेकप्रियता कमाएका छन् र कुनै फाेरममा सेटलमेन्ट भएका छन् ।

तर, पनि यसकाे प्रतिबन्धकाे माग किन ? यसकाे बहस फरक हुनसक्ला । तर, नेपालमा सार्वजनिक स्थलहरूमा समेत टिकटक बनाउन प्रतिबन्ध लगाइरहँद एउटा शैक्षिक संस्था हिमालय कलेजमा भने टिकटक प्रतियाेगिता नै हुन लागेकाे छ, किन ? भन्ने मकालुखबरकाे जिज्ञासामा प्राध्यापक रामहरि शिलवाल भन्छन्, ‘टिकटक आफैँमा गलत हुँदै हाेइन, यसकाे प्रयाेग जाने यहाँ धेरै कुराहरू छन् । हामीले चाहिँ प्रविधिको सदुपयोग गर्नका लागि पनि यसकाे प्रतियाेगिता सञ्चालन गर्न लागेका हाैँ ।’

उनी थप्छन्, ‘कतिपय सरकारी कार्यालय, कर्मचारीहरूले पनि टिकटक बनाइरहेका हुन्छन् । यदि टिकटक गलत हो भने सरकारले नै प्रतिबन्ध लगाउनुपर्छ । अन्यथा यसलाई गलतरूपमा अर्थ्याउनु हुन्न ।’ उनकाअनुसार टिकटक ‘चक्कु’ जस्तै हाे । उनी प्रष्ट्याउँछन्, ‘यसकाे सदुपयाेग गर्न जानियाे भने स्याउ काटेर खान सकिन्छ तर, दुरुपयोग गरियाे भने उल्टै हात काट्छ । हामीले स्याउ काटेर खान लागेका हाैँ ।’

हुन पनि सदुपयाेग गर्नेहरूका लागि याे राम्रै प्लेटफर्म बनेकै हाे । शुरूमा यसकाे मार्फत् कम्मर हल्लाउनेहरू हिजाेआज म्युजिक भिडिओ हुँदै फिल्मसम्म खेल्ने भएका छन् । प्राध्यापक शिलवाल यही उदाहरण दिन्छन्, ‘कति घरमा बसी-बसी पैसा कमाउँछन् भने यसकाे सदुपयाेग गर्नेहरू म्युजिक भिडिओ र फिल्म खेलिरहेका छन् । अब यसलाई राम्राे भन्ने वा नराम्राे भन्ने तपाईं आफैँ भन्नुस् ।’

उनी टिकटकलाई शिक्षासँग जाेड्छन् । टिकटक एउटा प्रविधिकाे उत्पादन भएकाे र अहिलेकाे शिक्षा प्रणाली प्रविधिबिना केही पनि नहुने उनकाे तर्क छ, भन्छन्— ‘कतिपय व्यक्तिहरूले अश्लील भिडिओ, अश्लील दोहोरी र परिवारमा बसेर सुन्न नसकिने कुराहरू हालेका हुन्छन् । त्यसविपरीत स्वास्थ्य, खानपिन, औषधिजस्ता राम्रा राम्रा कुराहरू पनि त्यसभित्र भएकाले समाजमा रहेका विकृति र विसङ्गति हटाउनुपर्ने र प्रविधिको प्रयोग गरी शिक्षा क्षेत्रलाई अझ फराकिलो बनाउनु जमाना हाे याे ।’

उनकाअनुसार विद्यार्थीमा निहीत प्रतिभाहरू प्रष्फुटन गर्न/गराउन र शिक्षालाई प्रविधिसँग जाेड्न कलेजमा टिकटक प्रतियाेगिता राख्न लागिएकाे हाे । यत्ति मात्रै हाेइन, नयाँ शैक्षिक सत्र शुरू भएसँगै खासगरी भर्ना कार्यक्रमलाई लक्षित गरी कलेजले टिकटक प्रतियाेगिता राख्न लागेकाे हाे । उनकाअनुसार टिकटक प्रतियोगिता साउन १५ देखि एक हप्ताको अवधिसम्म रहने छ । यसबाहेक टिकटकमा कलेजभित्रकै गतिविधिलाई उल्लेख गर्नुपर्ने छ र उत्कृष्टलाई पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *