निर्वाचनको मिति तोक्न देउवाले बोलाए क्याबिनेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बोलाइएको बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्नसक्ने सम्भावना छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई सुझाएका छन् । गठबन्धनको सुझावअनुसार सरकारले आज चुनावको मिति तोक्नसक्ने बताइन्छ ।

कुनै नयाँ राजनीतिक घटनाक्रम नभए आज बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने सरकारको तयारी छ । ‘आजको बैठकमा निर्वाचनको मिति घोषणाको प्रस्ताव जाँदैछ,’ एक मन्त्रीले भने, ‘अन्तिम अवस्थासम्म कुनै परिवर्तन भएन भने ४ मंसिरका लागि नै निर्वाचन घोषणा हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =