रोकिएको सवारी करको जरिवाना बुधबारदेखि उठाइने

पोखरा । गण्डकी सरकारले चर्को जरिवाना असुलेपछि विरोध भएका कारण रोकिएको बक्यौता जरिवाना बुधबारदेखि लिइने भएको छ ।आर्थिक ऐन ले स्पष्ट नगरेका कारण यातायात व्यवस्था कार्यालयले २ सय प्रतिशत जरिवाना लिन थालेको थियो ।

सवारी धनीले विरोध र आलोचना गरे । अन्ततः सरकार आफ्नो उक्त निर्णयबाट पछि हट्यो । २ सय प्रतिशत जरिवाना घटाएर २० प्रतिशत कायम गरियो । साउन ८ देखि १७ गतेसम्म सवारी नवीकरणको कर तथा जरिवाना रोकिएको थियो ।

साउन ११ गते मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर जरिवाना शुल्क घटाइएको थियो । उक्त निर्णय मंगलबार प्रदेश राजपत्रमा प्रकाशन भएको छ । यातायात व्यवस्था कार्यालयले मंगलबार नै सूचना निकालेर बुधबारदेखि नवीकरणका लागि आह्वान गरेको हो ।

सरकारले गत वर्ष भन्दा पनि १२ प्रतिशत जरिवाना रकम घटाएको छ । अघिल्लो वर्ष जरिवाना ३२ प्रतिशत थियो । मन्त्रिपरिषद्ले सवारी ऐनको दफा १७६ लाई  गरेको व्याख्यात्मक संशोधन गरेको हो । संशोधन अनुसार सवारीको नवीकरण म्याद नाघेको पहिलो आर्थिक वर्षसम्म साबिक आर्थिक वर्षको करको २० प्रतिशतका दरले जरिबाना लिने निर्णय भएको छ ।

यस्तै, दोस्रो वर्षसम्म ४० प्रतिशत, तेस्रो वर्षसम्म ६०, चौथो वर्षसम्म ८० र पाँचौँ वर्षसम्म सत प्रतिशत जरिवाना लिने गरी ऐनलाई संशोधन गरिएको हो । जरिवाना घटाए पनि प्रदेश सरकारले सवारी कर भने घटाएको छैन । एउटै गाडीमा १० हजारसम्म वार्षिक कर बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =