रवि भन्छन्- पद खोज्नेहरूलाई पार्टीमा आउन दिन्नँ

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका छन् । मंगलबार यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्नँ ।’

अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ ।’

सभापति लामिछानेले यसपटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दु:ख पाइने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =