विप्लवलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरूलाई थप कारबाही गर्ने खबर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारबाही फिर्ता लिन माग गरेका हुन् ।

केपी ओलीको सरकारले विद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र उक्त सहमति पालना हुनुपर्नेमा जोड दिए । उनले कारबाहीको नाममा विप्लव समूहलाई पुनः हिंसामा जान दिन नहुने बताए ।

भट्टराईले तत्काल नेकपाका नेताहरूमाथिको कारबाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरूलाई काटेको पक्राउ पुर्जी फिर्ता लिन माग गरे ।

त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारसँग गरेको सहमति कार्यान्वयन गर्दै विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनुपर्ने बताए ।

यसअघि बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले विप्लव नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाउँदै सरकारसँग भएको सहमति कार्यान्वयन नभएको बताए ।

जिल्ला अदालत ललितपुरले पुराना घटनाका सम्बन्धमा विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =