स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेला : हजारौँ युवा सहभागी

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेला शुरू भएको छ । मंगलबार दिउँसो १ बजेबाट सुर्खेतको सिटी हलमा भेला शुरू भएको हो ।

उक्त भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका हजारौँ युवाहरू सहभागी भएका छन् ।

प्रदेश स्तरीय भेलामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीले कर्णाली प्रदेशको पहिलो भेलासँगै प्रदेश संरचना विस्तार लगायतका कामहरू अगाडी बढाउने जनाइएको छ ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *