लिङ्देनकाे प्रस्ताव- सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गराैँ

काठमाडाैँ । राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्न प्रस्ताव गरेका छन् । ‘निर्वाचन घोषणापछि पनि संसद्लाई निरन्तरता दिने हाेइन,’ उनले भनेका छन्, ‘बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ ।’

उनले थप भनेका छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो हाे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =