बंगालदेशसँग निर्णायक खेल खेल्दै नेपाल

काठमाडौँ । यू-२० साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशविरुद्ध खेल्दै छन् । यो खेल नेपाली समय अनुसार अपराहन्न ४:१५ बजे हुनेछ ।

नेपालका लागि आजको खेल फाइनल पुग्न फराकिलो अन्तरमा जित्नै पर्ने रहेको छ । आइतबार भारतसँग ८-० गोल अन्तरको लज्जास्पद हार बेहोरेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना कठिन देखिएको छ ।

अहिलेसम्म बंगलादेशले ३ खेलमा तिनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारत ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ भने नेपाल ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित नेपाल तेस्रो स्थानमा रहेको छ ।

माल्दिभ्सको ३ खेलमा २ हार र एक बराबरीसहित एक अंक हासिल गरेर चौथो र श्रीलंकाले ४ खेलमा ३ हार र एक बराबरीसहित एक अंक हासिल गरेर पाँचौं स्थानमा छ । भारतले पनि आज आफ्नो अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ७ बजे हुने छ ।

श्रीलंकाले आफ्ना चारै खेल खेलेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने देश फाइनल खेल्ने छन् । फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *