पोखरामै पहिलो पटक विद्यालय तहमा फेसन डिजाइनको पढाइ

पोखरा । पोखरामा पनि विद्यालय तहमा फेसन डिजाइनको पढाइ शुरू भएको छ । युनाइटेड एकेडेमीले पहिलोपलट फेसन डिजाइनिङ तथा सौन्दर्यशास्त्र पढाउन लागेको हो । शिक्षासँग सीप र आत्मनिर्भरता जोडिनुपर्ने भन्दै विद्यालयले एक विद्यार्थी एक प्राविधिक शिक्षा सञ्चालन गरेको हो ।

नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएका कारण विद्यालयले पनि प्राविधिक शिक्षा जोडेको एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । अहिले उक्त विषय ऐच्छिक बनाइएको छ । उक्त कोर्ष पूरा गर्न ४० देखि ५० हजार रुपैयाँ लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *