अर्थमन्त्रीलाई कालाे झण्डा (तस्बिरहरू)
२०७९ साउन १६ गते

काठमाडौँ । नेपाली कांग्रेसनिकट यूथ कांग्रेसले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संघीय संसद्अघि कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएको छ । छानबिन नै नगरी क्लिन चिट दिएको र पुनः अर्थमन्त्रीमा नियुक्ति दिएको भन्दै यूथ कांग्रेसले विराेध जनाएकाे हाे ।
प्रदर्शन शुरू हुनेबित्तिकै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे थियाे । यूथ कांग्रेसका नेता मनोज पुरीकाअनुसार गिरफ्तार गरिएका १९ जना नेता तथा कार्यकर्तालाई प्रहरी वृत्त तीनकुनेमा राखिएको छ ।






२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








