जनार्दन प्रकरणबारे अर्जुननरसिंहले भने, ‘सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतन्त्र लज्जित बनायो’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्तामा रहेकाहरुको अहंकारी शैलीले लोकतन्त्रलाई लज्जित बनाएको टिप्पणी गरेका छन्।

राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा पुनः काममा फर्काइएपछि उनले यस्तो टिप्पणी गरेका हुन्। नेता केसीले सोमबार अपरान्ह ट्विट गर्दै नीतिगत भ्रष्टाचार राष्ट्रिय सहमतिकै अंग बनेको जिकिर गरेका छन्।

‘नीतिगत भ्रष्टाचार राष्ट्रिय सहमतिकै अंग बन्यो। लोक लज्जा र जनमतको उपहास भयो,’ उनले लेखेका छन्, ‘सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतन्त्र लज्जित बनायो।’

केसीले बजेट निर्माणबारे संसदीय छानबिन समितिमा अल्पमत र बहुमत भए पनि संसदमा ठोस विरोध नभएको भन्दै सबै पक्षमा सहमतिपूर्ण सौदाबाजी देखिएको आरोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =