झरीमा पनि राेकिएन एमालेकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सरकारविरुद्ध सडकमा उत्रिएकाे छ । पछिल्लो समय भ्रष्टाचारलगायतका बेथिति बढेकाे भन्दै एमालेले साेमबार काठमाडाैँकाे वसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुससहित नाराबाजी गरेकाे हाे ।

वसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीले शान्तिबाटिकासम्म पुगेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

वर्षा भइरहँदा पनि प्रदर्शनकारीहरू राेकिएनन् । उनीहरूले काेही छाता ओढेर त काेहीले ब्यानर नै ओढेर नाराबाजीमा उत्रिए । प्रदर्शनकारीहरूकाे काेणसभालाई सम्बाेधन गर्न एमाले महासचिव शंकर पाेखरेल पुगेका थिए । उनले पनि छाता ओढेर काेणसभालाई सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =