निजामती ऐन ‘नासुमारा’ भएकाे भन्दै सुब्बाहरू आन्दोलित
२०७९ साउन १६ गते

काठमाडौँ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी प्रदर्शन गरेका छन् ।
प्रस्तावित ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन् ।
कर्मचारीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले नासु मारा ऐन चाहिँदैन, नासुलाई बढुवामा हेप्न पाइँदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमा बढुवा हुने व्यवस्था गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कर्मचारीको पेसागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले आन्दोलनको सुरुवात गर्नुपरेको कर्मचारीहरूले जनाएका छन् ।
२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








