लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९ साउन १६ गते

काठमाडौँ । लेनदेन विगो मुद्दाका फरार प्रतिवादी भक्तपुर गठ्ठाघर बस्ने मोरङ विराटनगर
महानगरपालिका ३ घर भएका ३२ वर्षीय विपिन पोखरेललाई आइतबार प्रहरीले पक्राउ
गरेको छ ।
जिल्ला अदालत मोरङ विराटनगरको २०७६ पुस २५ गतेको फैसलाले लेनदेन विगो
मुद्दामा २ वर्ष कैद र १० लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले
काठमाडौँ बसुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय विराटनगर मोरङ
बुझाइएको छ ।
२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








