विप्लव र प्रकाण्डसहित नेताविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा पक्राउ गर्न आदेश दिएको हो ।

ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको छ । विप्लव र प्रकाण्डसहितका नेकपाका तीन दर्जन नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।

उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ ।

हेर्नुस्, अदालतको पक्राउ पुर्जी :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =