आज यी क्षेत्रमा भारी वर्षा, बुधबारसम्मै पानी पर्ने

काठमाडाैँ । देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । अहिले देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको हाे ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास छ । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =