पदभार ग्रहण गर्दै अर्थमन्त्रीले भने- बजेट कार्यान्वयनकाे माैका पाएँ, राम्राे गर्छु
२०७९ साउन १५ गते

काठमाडाैँ । दाेस्राेपटक अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्मा ‘प्रभाकर’ बजेट कार्यान्वयनकाे जिम्मा आफूले पाएकाे बताएका छन् । यसका लागि उनले गठबन्धन दलका शीर्षस्थ नेताहरूलाई धन्यवादसमेत दिएका छन् । प्रधानमन्त्रीसमेतकाे नाम लिँदै उनले भनेका छन्, ‘आदरणीय नेताहरू प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव, दुर्गा पाैडेलज्यूहरू सबैलाई धन्यवाद दिन्छु ।’
आव २०७९/८० काे बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिहरूलाई मन्त्रालयमा पसाएर करका दर हेरफेर आराेप लागेपछि गत असार २२ गते संसदीय छानबिन विशेष समिति गठन भएसँगै पदबाट राजीनामा दिएका उनी २१ दिनपछि पुन: अर्थमन्त्री नियुक्त भएका हुन् । समितिले निर्दाेष देखाएसँगै पुन: अर्थमन्त्री नियुक्त भएका उनले सिंहदरबारस्थित पदभार ग्रहण गर्दै भनेका छन्, ‘बजेट कार्यान्वयन गर्ने माैका पाएँ । याे राम्राे भयाे ।’
२०७९ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








