पूर्वाञ्चल विश्वविद्यालयले सामाजिक कार्यमा स्नातकोत्तर पढाउने

विराटनगर । पूर्वाञ्चल विश्वबिद्यालयले पहिलो पटक सामाजिक कार्य विषयमा स्नातकोत्तर पठन पाठन गर्ने भएको छ। जनता आदर्श बहुमुखी क्याम्पसले चालु शैक्षिक सत्रदेखि कला संकाय अन्तर्गत सामाजिक कार्य विषयमा स्नातकोत्तर (एमएसडब्लु) र शिक्षाशास्त्र संकायमा स्नातकोत्तर (एमएड) तहको अध्यापन शुरू गर्ने भएको हो ।

विराटनगर पत्रकार सम्मेलन गरि सामाजिक कार्य विषयमा बढीमा ३३ जना र शिक्षामा ६० जना विद्यार्थीलाई अध्यापन गराउने लक्ष्य रहेको जनसंख्या तथा विकास केन्द्र जनता आदर्श बहुमुखी क्याम्पस, कलेज अफ लका प्रमुख महेशप्रसाद निरौलाले बताए । एमएसडब्लु कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च माग रहेकोले यस अघि शुरु भएको बिएसडब्लुलाई पुर्णता दिन आएको बताए ।

प्रमुख निरौलाका अनुसार, त्रिभुवन विश्वविद्यालयले मात्र सञ्चालन गरे पश्चात विद्यार्थीको चापलाई धान्न नसकि यो विषय पढ्न चाहने विद्यार्थीहरु उच्च शिक्षाको अध्ययनबाट बञ्चित भएको सन्दर्भमा पूर्वाञ्चल विश्वविद्यालयले यो विषयको स्नातकोत्तर तहको अध्यापन गराउने निर्णयले गरेको छ । यो निर्णयले सामाजिक कार्य विषय पढ्ने विद्यार्थीहरुमा उत्साह थपेको उनको भनाई छ । एमएसडब्ल्यु कार्यक्रम अभ्यासमा आधारित रहेकोले आधुनिक शिक्षण विधीबाट अध्यापन गराउनुका साथै विद्यार्थीलाई समुदाय तथा प्रयोगशालामा प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिएको उनले बताए ।

त्यसैगरी, चालु शैक्षिक सत्रदेखि अध्यापन गर्न लागिएको एम. एड. शैक्षिक कार्यक्रम विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले शुरू गर्न लागिएको हो । एम. एड. शैक्षिक कार्यक्रमा हाल अंग्रेजी, नेपाली, इ. पिं. एम.मा अध्यापन शुरु गरिँदैछ । विद्यार्थीहरुको मागको आवश्यकता अनुसार विश्वविद्यालयको आंगिक क्याम्पसले जुनसुकै विषयमा पनि अध्यापन गराउन सक्ने भनिएको छ ।

विराटनगर उच्च शिक्षाको केन्द्र बन्दै गएको र शिक्षा क्षेत्रमा अवसर पनि बढ्दै गएको अबस्थामा विश्वविद्यालयले एमएसडब्लु र एमएडको शैक्षिक कार्यक्रम शुरु गरेसँगै निकट भविष्यमा कानून तर्फ स्नातकोत्तरं (एलएलएम) तहको शैक्षिक कार्यक्रम शुरु गर्ने तियारी भएको शिक्षा कला कानुन संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेलले जानकारी दिए । २०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयले आंगिक क्याम्पसको रूपमा जनता आदर्श बहुमुखी क्याम्पस, जनसंख्या तथा विकास केन्द्र र कलेज अफ ल सञ्चालन गर्दै आएको छ । क्याम्पस अन्तर्गत सामाजिक कार्यमा स्नातक, शिक्षामा स्नातक तहको अध्यापन गर्दै आएको छ । क्याम्पसले बी.एड.मा “विशेष आबश्यकता शिक्षा” को समेत अध्यापन गराउँदै आएको छ। यो किसिमको शिक्षा पूर्वाञ्चलमै पहिलो भएको दाबी डिन पोखरेलको छ ।

जनसंख्या तथा विकास केन्द्रले जनसंख्या र विकासमा स्नातकोत्तरतहको अध्यापन गराउँदै आएको छ । त्यसैगरी, कलेज अफ ल अन्तर्गत कानूनमा स्नातक तहका दुई वटा कार्यक्रम पाँच वर्षे बी.ए. एलएलबी र तीन वर्षे एलएलबी सञ्चालनमा छन् । प्लस टु उतीर्ण विद्यार्थीले पाँच वर्षे बी.ए. एलएलबी अध्ययन गर्न पाउँछन् भने तीन वर्षे एलएलबी अध्ययन गर्न कुनै पनि विषयमा स्नातक गरेको पर्ने ब्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *