जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त
२०७९ साउन १५ गते

फाइल फाेटाे
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरिएकाे हाे ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ ।
यसअघि करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिनले शर्मा निर्दोष भएको निष्कर्ष निकालेको थियो ।
२०७९ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








