संक्रमणकालीन न्यायसम्बन्धी कानुन त्रुटिपूर्ण रहेकाे भन्दै द्वन्द्वपीडितले थाले प्रदर्शन

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्व पीडित समुदायले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानुन बनाउनुपर्ने उनीहरूको माग छ ।

काठमाडौँको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरूले ऐन संशोधन प्रक्रियामा पीडितहरूसँग सार्थक परामर्श गर, दण्डहीनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरू खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नयाँ कानुनले आफूहरू थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =