महानगरका मेयरले भने- हामीलाई छुट्टै ऐन चाहियो !

काठमाडौँ । देशभरका महानगरपालिकाका मेयरहरूकाे सम्मेलनले घाेषणा पत्र जारी गर्दै  संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको साझा धारणा सार्वजनिक गरेका छन् ।

पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आज संयुक्त घोषणापत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकता रहेकाे बताएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माण आवश्यक रहेको बताएका मेयरहरूले महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका हुन् ।

संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरूकाे हस्ताक्षर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =