कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण

२०७९ साउन १४ गते

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान परीक्षण गर्दा डा. कोइरालामा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
उनका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरालाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ ।

२०७९ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित