२२ बुँदे माग सहित पोखरामा राप्रपाको चक्काजाम

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायतको माग सहित राप्रपाले १० मिनेट चक्काजाम गरी सरकारको ध्यानाकर्षण गराएको हो ।

‘बाटो छेकेर नागरिकलाई दुख दिने नियत छैन । सरकारले नसुनेका कारण ध्यानाकर्षण गराउन यस्तो गर्नुपरेको हो,’ राप्रपा कास्कीका प्रबक्ता अरुण गिरीले भने, ‘यसपछि सरकारले हाम्रा माग सुन्छ भन्ने विश्वास छ ।’

राप्रपाले २२ बुँदे माग राखेर विरोध गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै प्रमुख जिल्ला अधिकारी मार्फत कास्की राप्रपाले मागपत्र बुझाएको छ । आफुहरुले राखेको मागबारे सरकार संवेदनशील नभएपछि चक्काजाम गरेको राप्रपाले जनाएको छ ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेजी नभए नेपालको राष्ट्रियता खतरामा पर्ने भएकोले उक्त विधेयक फिर्ता लिन माग गरे । देशलाई फिजीकरण गर्ने तर्फ वर्तमान नेतृत्व लागेको आरोप सहित राप्रपाले देशको अस्तित्व खतरामा परेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =