नदीमा बढ्नसक्छ आकस्मिक बहाव, सतर्क रहन आग्रह

काठमाडौँ । देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश नम्बर-१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ‘आगामी ३ दिनसम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ,’ महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘केही नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुनसक्छ ।’
नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । विशेषगरी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।
साउन-१४,
आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। आज नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं। pic.twitter.com/l89Ot8vRRa— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 30, 2022








