आफै पढ्ने स्कुलको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर-७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्कुल सकेर घर जानेबेला शनिबार स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो । गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *