त्रिवि चलाउनेहरू मालामाल भएको देखेर जग्गा दलालहरू जिब्रो टोक्न थाले : पञ्चा सिंह
२०७९ साउन १४ गते

काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले त्रिभुवन विश्वविद्यालय चलाउनेहरू मालामाल भएको देखेर जग्गा दलालहरूले समेत जिब्रो टोक्न थालेको टिप्पणी गरेकी छन् । अखिल (क्रान्तिकारी) थापाथली क्याम्पसको ११औँ इकाई सम्मेलनमा बोल्दै सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।
त्रिवि इतिहासमै सबैभन्दा बढी भद्रगोल अवस्थामा पुगेको, बेथिति मौलाएको र बेरुजुले सगरमाथा जत्रो कीर्तिमान बनाउँदै गर्दा त्रिवि चलाउनेहरूको आर्थिक अवस्था उकासिनु निकै अनौठो भएको अध्यक्ष सिंहको भनाई थियो ।
२०७९ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित








