प्रधानमन्धी देउवा र अमेरिकी सहायक विदेश मन्त्री लुबिच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डाेनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

अमेरिकी सहायक विदेश मन्त्री लुले शुक्रवार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा पनि गरेका छन् । यसअघि लुले परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =