बजेट प्रकरण : एमालेकाे असहमतिका बीच समितिले बुझायाे प्रतिवेदन

काठमाडाैँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानबिन गर्न बनेकाे विशेष संसदीय समितिले प्रतिवेदन बुझाएकाे छ । प्रतिवेदन समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकाेटालाई शुक्रबार दिउँसाे बुझाएका हुन् ।
आव २०७९/८० काे बजेट निर्माणमा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिहरूलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेकाे आराेप लागेपछि गत असार २२ गते पदबाट राजीनामा दिएका थिए । ११ सदस्यीय संसदीय समिति बनेपछि राजीनामा दिएका अर्थमन्त्री शर्मासँग समेत समितिले साेधपुछ गरेकाे थियाे । त्यसबेला उनले आफूले गल्ती नगरेकाे दाेहाेर्याएका थिए ।
समितिकाे प्रतिवेदनमा अर्थमन्त्रीमाथिकाे आराेप पुष्टि नभएकाे लेखिएकाे छ ।
समितिको प्रतिवेदनमा भने प्रमुख प्रतिपक्षी दल एमालेका सांसद (सदस्य) हरूले भने असहमति जनाएका छन् । अर्थ मन्त्रालयका अधिकारीहरू जिम्मेवाररूपमा प्रस्तुत नभएको तथा सत्ता पक्षका सांसदहरूले अर्थमन्त्री शर्मालाई जोगाउने गरी भूमिका खेलेको एमालेका सांसदहरूकाे भनाइ छ ।








