करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहले बर्खास्त गरेको भन्दै एमालेको आपत्ति
२०७९ साउन १३ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ ।
एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै कर्मचारी संयन्त्रलाई हतोत्साही बनाउने गरी सरकारले बर्खास्ती गरिरहेकाे भन्दै सरकार दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको बताएका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ ।’

२०७९ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








