प्रचण्डको जापान भ्रमण तय भएपछि माओवादी प्रदेश बैठक सर्यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका बैठकको मिति परिवर्तन गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको माओवादी स्थायी कमिटी बैठकले साउन २१ गतेदेखि प्रचण्डको जापान भ्रमण तय भएका कारण पूर्वनिर्धारित प्रदेशका बैठकहरूको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले साउन २९ गते तय भएको मधेस प्रदेशको बैठक भाद्र २ गते बस्ने, प्रदेश १ को बैठक साउन २६ गते, लुम्बिनी प्रदेशको साउन २९ गते, कर्णाली प्रदेशको साउन ३१ गते र सुदूरपश्चिमको बैठक भाद्र चार गते बस्ने जानकारी दिए ।
त्यस्तै प्रवास कमिटीको बैठक ६ गते, विशेष प्रदेशको चार गते र सम्पर्क मञ्चको भाद्र ८ गते बैठक बस्ने प्रवक्ता महराले जानकारी दिए । स्थायी कमिटीको साउन १५ गते बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने उनले बताए ।
प्रचण्ड नेपाली जन प्रगतिशील मञ्चको निमन्त्रणमा साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने तय भएको महराले जानकारी दिए ।








