गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हमालको मृत्यु

कैलाली । कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी-१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी-३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् ।

उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *