गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?
२०७९ साउन १३ गते

काठमाडौं । गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको हो । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको बताइएको छ ।
सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ।
अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका थिए। गृहमन्त्री खाँणले बिहीबार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए।
२०७९ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








