जनार्दन शर्मा प्रकरण : छानबिन टोलीले साँझ ७ बजेसम्म प्रतिवेदन टुंग्याउने
२०७९ साउन १२ गते

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको विशेष समितिले आज साँझसम्म प्रतिवेदन टुंग्याउने भएको छ।
७ बजेसम्म प्रतिवेदन सक्याउने गरी छलफल र लेखन कार्य भइरहेको हो। समितिका एक सदस्यले आज नै प्रतिवेदनको काम सक्याउने गरी काम भइरहेको जानकारी दिए। उनले भने, ‘अहिले छलफल र लेखनको दुईतर्फी काम भइरहेको छ।’
शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लगेको छ।
२०७९ साउन १२ गते
प्रतिक्रिया








