पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना पुष्टि
२०७९ साउन १२ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








