राष्ट्रियसभाबाट दुई विधेयक पारित
२०७९ साउन १२ गते

फाइल फाेटाे
काठमाडौं । राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद्प हिलो संशोधन विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, २०७५’ पारित गरेको हो ।
उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गरेका थिए ।
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








