माओवादी बैठक सकियो, स्थायी समितिलाई टुंग्याउने दबाब

काठमाडौं । माओवादी बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको हो ।

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक सकिएको हो । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।

स्थायी समिति बैठकमा स्थानीय तहको चुनावमा भएको अन्तर्घातका विषय र विद्यार्थी विवादका विषयमा छलफल हुने बताइएको छ । यही बैठकबाट पदाधिकारी चयन र अपूर्ण स्थायी समितिलाई टुंग्याउने दबाब दिइने पोखरेलले बताए ।

‘आजको बैठकमा जम्मा करिब २ घण्टा छलफल गरियो, त्यसमा मुख्यतः आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल भयो । समसामयिक राजनीतिक विषयमा अध्यक्षले ब्रिफिङ गराउनुभो । भोलि बिहान ८ बजे बस्ने गरी बैठक सकियो’ पोखरेलले भने ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =