पाँच राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ लिनेमा डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा. शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधर (रुसी महासङ्घ) र प्राडा. राम स्वार्थ राय (डेनमार्क)का लागि राजदूत रहेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =