जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले शुक्रवार प्रतिवेदन बुझाउने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रवार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सिंहदरबारमा बुधवार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रवार बुझाउने तयारी गरेको समिति सभापति सुरेन्द्र अर्यालले बताए ।

उनले औपचारिक र अनौपचारिक रूपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दाबी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाई छ ।

सचिव अर्यालले बिहीबार साढे १२ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =