गठबन्धनले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गर्‍यो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् ।

बुधवार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताएका हुन् ।

पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनले भनाई छ ।

त्यस्तै, ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा केन्द्रित रहेको तर्क गरे ।

गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बदनाम भएको धारणा राखे ।

अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =