महँगीविरुद्ध राप्रपाले ठटायाे थाल !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ ।

दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधवार काठमाडौँको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौँको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेका थिए ।

दैनिक उपभोग्य बस्तु महँगो भएर जनजीवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउने गरी थाल ठटाउँदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महँगी नियन्त्रण गर्न नसकेको, बजेट हेरफेर गरेको लगायतका विषयमा राप्रपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *