अस्ताए वरिष्ठ देउडा गायक हरिचन्द्र कडायत

काठमाडौँ । वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । उनको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बझाङको छबिसपाथिभेरा-२ का ५४ वर्षीय कडायतलाई मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । तर त्यहाँ उनको स्वास्थ्यमा सुधार नभएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

उपचारकै क्रममा कडायतको बिहान निधन भएको हो । उनी कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए । उनले ‘कर्णालीका भेल’, ‘लंकाभरी सुन छ’, ल बिणी खान्या की’लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *