स्वीडेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडाैँ । स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४-० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

अब इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग साउन १५ मा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले आज राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *