सिद्धबाबालाई ‘बलात्कारी’ भनेपछि रोशनी शाही पक्राउ

काठमाडाैँ । सिद्धबाबालाई ‘बलात्कारी’ भनेपछि प्ररोशनी शाही प्रक्राउ परेकी छन् । सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई शाहीले बलात्कारी भन्दै होहल्ला गरेपछि उनलाई प्रकाउ गरिएकाे प्रहरी वृत्त गौशालाले जनाएकाे छ ।

पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा पुगेकी शाहीले सोमबार सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन् । सिद्धबाबाविरुद्ध बलात्कार आरोपमा चलेको मुद्दा अहिले पनि सुनसरी जिल्ला अदालतमा विचाराधीन छ । शाहीले उनै गिरिलाई बलात्कारी भनेकी थिइन् ।

शाही पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन् । उक्त मुद्दामा महराले सफाई पाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =