मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाडौं । एमालेका सांसदले कोरोना संक्रमण बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सापकोटाले कोरोना भाइरसको संक्रमण बढेकाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका हुन् ।

सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ। तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु।’ बैठकमा अधिकांश सांसदले मास्क लगाएका थिएनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =