चार कम्युनिस्ट पार्टीले घोषणा गरे आन्दोलन
२०७९ साउन १० गते

काठमाडौँ । चारवटा कम्युनिस्ट पार्टीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।
मंगलवार पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेको जानकारी दिएका हुन् ।
राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गर्दै उनीहरूले एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौँमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौँमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए ।


२०७९ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








