पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा गएराति मृत्यु भएको हो । करेन्ट लागेर त्यही ठाउँका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।

हिजो दिउँसो २ बजे जीवनको घरमा रहेको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका पूर्णकुमारको त्यही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले केही समय अगाडिमात्रै घरमा मिल जडान गरेका स्थानीयवासीले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *